2026-10-10 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा फतेही !

पुस २०, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।

यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आर्यन र अर्कामा नोरा देखिएकी छन्। दुवै तस्बिर उनीहरूको फ्यानले एकै ठाउँमा लिएका छन्। उक्त तस्बिरको आधारमा फ्यानहरूले प्रेममा रहेको बताएका हुन्। यसबारे आर्यन र नोराले कुनै प्रतिक्रिया दिएका छैनन्। यो तस्बिर सार्वजनिक भएपछि ‘अनन्या पाण्डेको के हुन्छ?’ भन्ने कमेन्ट पनि आइरहेको छ।

एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई यी दुईलाई देखेर अचम्म लागेको छैन। केही समयअघि आर्यन र अनन्या डेट गरिरहेको खबर बाहिरिएको थियो। अनन्याले करण जोहरको शो कफी विथ करणमा सुहानाको भाइसँग डेट गर्न चाहन्छु भनेकी थिइन्। अनन्याको नाम इशान खट्टरसँग पनि जोडिसकेको छ।’

आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्न तयारीमा छन्। फिल्मसँगै उनी व्यापार/व्यवसाय गर्न पनि तयार भएका छन्। उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध