2026-10-10 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानमाथि पूर्व प्रेमिका सोमी अलीले फेरि लगाइन् गम्भीर आरोप

पुस २३, भारत | सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई गाली र कुटपिट गर्थे ।

सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग यस्तै व्यवहार गरेको सोमीले आरोप लगाएकी छन् । सोमीले सलमानविरुद्ध बोलेको यो पहिलो पटक होइन, यसअघि पनि उनले धेरै पटक सलमानमाथि आरोप लगाइसकेकी छिन् ।

सोमीले आफ्नो सामाजिक सञ्जालमा लामो नोट शेयर गरेकी छिन् । जसमा सलमान खानले आफूले सञ्चालित एनजीओबाट प्रभावित डिस्कभरीमा रहेको डकुमेन्ट्री ‘फाइट एन्ड फ्लाइट’लाई प्रतिबन्ध लगाएको लेखेकी छन् । सोमीले भनिन्, ‘जब म न्यूयोर्कमा थिएँ, सलमानका वकिलले मलाई धम्की दिएर इमेल पठाए र भने कि यदि उनले सलमानविरुद्ध केही बोल्यो भने तिम्रो ज्यान जानेछ । यसबाहेक म मुम्बईमा हुँदा सलमान खानले मलाई गाली र कुटपिट गर्थे । स्टुडियोमा जाँदा सबै निर्माताले मेरो अवस्था देख्थे । म चाहन्छु उसले मसँग सार्वजनिक रूपमा माफी मागोस् तर उसले कहिल्यै त्यसो गर्ने छैन किनभने ऊ धेरै अहंकार भएको व्यक्ति हो।’

पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली अमेरिकामा बसेकी थिइन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरिन्, उनी सलमान खान प्रति मोहित भइन। उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् । उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि थिइन् ।

यस क्रममा उनले अन्त, माफिया र आन्दोलन जस्ता फिल्ममा काम गरे । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका फर्किइन् । अहिले उनी बारम्बार सलमान खानलाई आरोप लगाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध