2026-10-10 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाइते भए अभिनेता कार्तिक आर्यन

पुस २६, काठमाडौँ | बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन्। आगामी फिल्म ‘शहजादा’ को छायांकनको क्रममा उनको घुँडामा चोट लागेको हो। कार्तिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। ‘घुँडामा चोट लाग्यो। आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो,’ उनले लेखेका छन्। 

उक्त तस्बिरमा उनी आइस बकेटमा खुट्टा राखिरहेको देख्न सकिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको घुँडामा सामान्य चोट लागेको छ। फ्यानले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 

कार्तिक फिल्म ‘शहजादा’ बाट निर्माता बन्दैछन्। पर्याप्त बजेट नभएपछि फिल्मको छायांकन रोकिन लागेको थियो। त्यसैले कार्तिक पनि निर्माण टिममा सामेल भएका हुन्। 

यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ। 

रोहित धवन निर्देशित फिल्म ‘शहजादा’ मा कार्तिकसँगै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ। यो फिल्म १० फेब्रुअरीमा रिलिज हुनेछ। योसँगै कार्तिक ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध