2026-08-21 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साम्राज्ञीसँग जीतुको जोडी

पुस २७, काठमाडौँ | हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो ।

“अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्दपि हामी कथावस्तुमा ठिक छौँ”, नेपालले भन्नुभयो, “हास्यकलाकारको रूपमा स्थापित परिचयलाई बदल्दै कलाकार बन्न चाहन्छु, यसमा मैले आफ्नो कलाकारिता देखाउने अवसर पाएँ ।” अभिनेत्री शाहले स्क्रिप्ट पढेपछि अभिनेता नेपालको नाम सुन्दा आश्चर्य लागेको बताउनुभयो । 

“मैले जोडी थाहा पाउँदा केही भन्नै सकिन्, तर कथाअनुसार हामीलाई कास्टिङ गरिएको थियो, त्यसैले म फिल्म गर्न तयार भएँ”, शाहले भन्नुभयो, “कथा र पात्रले मलाई फिल्मसँग जोडिन आकर्षित गर्छ ।” 

उहाँले अभिनय गर्नुभएको यो पहिलो रोमान्टिक कमेडी अर्थात् रमकम फिल्म हो । अभिनेता नेपालले केही फिल्म, टेलिफिल्ममा काम गरे पनि मुख्य भूमिकामा अभिनय गर्नुभएको यो पहिलो फिल्म हो । हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने सङ्घर्षलाई फिल्ममा देखाइने निर्देशक डा कपिल रिजालले बताउनुभयो । 

उहाँ डा भोला रिजालको पुत्र हुनुहुन्छ । “केही वर्षको सिकाइ र प्रतीक्षापछि निर्देशनमा पाइला टेकेको छु, म हाम्रो कला र संस्कृतिलाई अन्य भाषामार्फत विश्वभर लैजाने सोचमा छु”, निर्देशक रिजालले भन्नुभयो । फिल्म नेपालीसहित हिन्दी, बङ्गाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अन्य कलाकारमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध