2026-10-10 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्रकर्मीको कोषमा गायक उदितनारायण झा र दीपा नारायण झाको सहयोग

माघ ४, काठमाडौँ | नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो ।

“गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्ले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ”, गायिका झाले भन्नभयो, “नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ ।” 

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही रु एक लाख एक सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही रु ५१ हजार एक सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले रु ११ हजार एक सय ११ कोषमा सहयोग प्रदान गर्नुभएको छ ।

कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिनुभयो । “यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा रु पाँच करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य रु १० करोडको छ”, उहाँले भन्नुभयो । नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।  

चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध