2026-10-10 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रियंकाले खुलाइन् सरोगेसीमार्फत आमा बन्नुको कारण

माघ ८, काठमाडौँ | बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) बाट आमा बन्नुको कारण खुलाएकी छन्। 

४० वर्षिया प्रियंकाले ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरी मालती मेरीसँग फोटोसुट गराएकी थिइन्। यसै क्रममा उनले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्। 

सरोगेसीमार्फत छोरीलाई जन्म दिँदा उनले आलोचना खेप्नु परेको थियो।

‘मेरो बारेमा कुरा गरेको भए केही हुने थिएन तर मानिसहरूले मेरी छोरीलाई निसाना बनाए। यस्तो कुराबाट उनलाई टाढा राख्छ चाहन्छु,’ उनले भनिन्। मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले उनले सरोगेसीको सहारा दिएको बताइन्।

‘मलाई मेडिकल जटिलता थियो, मेरो लागि यो आवश्यक थियो र म आभारी छु। म यस्तो स्थितिमा थिएँ यदि मलाई बच्चा चाहिन्छ भने सरोगेसी नै उचित थियो। मेरो सरोगेट दयालु र मायालु थिइन्। उनले ६ महिनासम्म हाम्रो छोरीको ख्याल राखिन्,’ उनले भनिन्।

जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि प्रियंका र निक जोनसले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा एक सय दिन राखेका थिए। उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका थिए। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी राखेका छन्। 

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार मालती संस्कृत शब्द हो जसको अर्थ वासनादार फूल र चन्द्रमा भन्ने लाग्छ। त्यस्तै फ्रेन्च शब्द मेरीको अर्थ समुद्रको तारा भन्ने हुन्छ। छोरीको थरमा आमा र बाबु दुवैको चोपडा र जोनस राखेको बताइएको छ।

निक र प्रियंकाले सन् २०१८ मा विवाह गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को ‘मेट गाला’ मा भएको थियो। यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इन्गेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्पराअनुसार बिहे गरेका थिए। निक र प्रियंकाको उमेरमा ठूलो अन्तर छ । प्रियंका निकभन्दा १० वर्ष जेठी छिन् ।

प्रियंकाको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी छिट्टै रोमान्स ड्रामा ‘लभ अगेन’मा देखिनेछिन् । यसबाहेक उनी वेब सिरिज सिटाडेलमा पनि देखिनेछिन् । प्रियंकाको बलिउड प्रोजेक्टको बारेमा कुरा गर्दा, उनी फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘जी ले जरा’मा पनि देखिनेछिन्। यस फिल्ममा प्रियंकाले पहिलो पटक कट्रिना क्याफ र आलिया भट्टसँग स्क्रिन सेयर गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध