2026-10-10 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अवतार २’ बन्यो विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं फिल्म, कति कमायो अहिलेसम्म?

माघ ९, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा प्रदर्शनको ६ सातामै दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ सर्वाधिक कमाउने कोरोना महामारीपछि पहिलो र विश्व फिल्मको इतिहासमा छैटौं फिल्म बनेको छ ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’ को पहिलो श्रृंखलाको धेरै कीर्तिमानलाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन । अवतार, एभेन्जर्स : एण्डगेम, टाइटानिक, स्टारवार्स : द फोर्स अवेकन्स र एभेन्जर्स : इन्फिनिटी वार सर्वाधिक कमाउने पाँच फिल्म हुन् । दुई बिलियन डलर क्लबमा प्रवेश गर्नेमा निर्देशक क्यामरुनका मात्रै तीन फिल्म छन् ।

पुस १ गते रिलिज भएको अवतार २ ले नेपाली बक्स अफिसमा पाँच सातासम्म साढे ९ करोड रुपैयाँ ग्रस कमाएको छ । यो कमाइसँगै अवतार २ नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने हलिउड फिल्म समेत बनेको छ ।

‘अवतार’ श्रृंखलामा नेटिरी चरित्रमा अभिनय गरेकी जोय साल्दानाका मात्र चार फिल्म दुई बिलियन डलर क्लबमा प्रवेश गरेका छन् । रिलिजअघि नै निर्देशक क्यामरुनले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्ने बताएका थिए । तर विश्लेषकहरुका अनुसार १.५ बिलियन डलर कमाइबाट फिल्मले लगानी उठाइसकेको छ । 

आगामी दिनमा अवतार २ ले चौथो र पाँचौ स्थानमा रहेका दुई ठूला फिल्महरु ‘स्टार वार्स : द फोर्स अवेकन्स (२.०७ बिलियन डलर) र एभेन्जर्स : इन्फिनिटी वार (२.०४ बिलियन डलर)को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ । १३ वर्षअघि रिलिज भएको ‘अवतार’ले २.९ बिलियन डलर कमाएको छ । दोस्रो स्थानमा रहेको एभेन्जर्स : एण्डगेमले २.७९ बिलियन डलर र टाइटानिकले २.१९ बिलियन डलर कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध