2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

माघ १८, काठमाडौँ | शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो ।

भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत बुधबार रिलिज भएको यो फिल्मले पहिलो साता नेपाली बक्स अफिसमा समेत आक्रामक कमाइ गरेको छ । यद्यपि नेपालको कमाइ सार्वजनिक भइसकेको छैन । गत शनिबारसम्म नेपालमा फिल्मको कमाइ पाँच करोड नेपाली रुपैयाँ हाराहारीमा थियो ।

विश्वभर रिलिज भएदेखि नै कीर्तिमान बनाइरहेको पठानले सात दिनमा ‘बाहुबली २ : द कन्क्लुजन’को हिन्दी संस्करणको कीर्तिमान तोड्दै सात दिनमै ३०० करोड क्लबमा प्रवेश गरेको हो । बाहुबली-१ लाई ३०० करोड भारु कमाउन १० दिन लागेको ट्रेड विश्लेषक तरण आदर्शले जनाएका छन् ।

‘केजीएफ : च्याप्टर २’ (२०२२) को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आँकडा छुन सक्यो । आमिर खानको दंगल (२०१६) ले त्यसका लागि १३ दिन लगाएको थियो । सञ्जु (२०१८) र टाइगर जिन्दा है (२०१७) दुवैले ३०० करोडको क्लबमा प्रवेश गर्न १६ दिन लगाए । यसैबीच आमिरको पीके (२०१४) र ऋतिक रोशनको वार (२०१९) ले ३०० करोडको उपलब्धि हासिल गर्न क्रमशः १७ दिन र १९ दिन लगाएका थिए ।

‘पठान’को एक हप्ताको बक्स अफिस कलेक्सन (३१५ करोड) केजीएफ : च्याप्टर २ को भन्दा ६५ करोड नेटले बढी छ । पठानले पाँच दिनमा यो रेकर्डलाई तोड्न पहिलो हप्ता राम्रो कमाउन सक्यो । 

सिद्धार्थ आनन्द निर्देशित पठान गणतन्त्र दिवस २०२३ को एक दिन अगाडि हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा सलमान खानको समेत विशेष भूमिका छ ।

पठानले रिलिज भएदेखि नै रेकर्ड तोड्दै आएको छ । यसअघि फिल्मले चार दिनमा २०० करोड नेट पार गरिसकेको छ र यो सबैभन्दा छिटो २०० करोड क्लबमा प्रवेश गर्ने हिन्दी फिल्म बनेको छ । फिल्म रिलिज हुनुअघि नै पठानले आफ्नो अविश्वसनीय अग्रिम बुकिङको साथ रेकर्ड तोडेको थियो । पठानको लागि अग्रिम बुकिङ जनवरी २० मा खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध