2026-10-10 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्कापञ्जा ४’को क्लिप टिकटकमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी

फागुन २१, काठमाडौँ | शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’को भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी परेको छ । चलचित्रको डिजिटल अधिकारी किनेको ‘ओएसआर डिजिटल’ले आइतवार दिउँसो साइबर ब्यूरोमा पुगेर उजुरी दर्ता गराएको हो । 

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा ४’ अहिले हलमा आक्रामक व्यापार गरिरहेको छ । चलचित्र हेर्न हलमा दर्शकहरुको भिड् लागिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका हुन् ।

ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले चलचित्रको क्लिपहरू बिना अनुमति सामाजिक सञ्जालमा आउनु गलत भएकोले उजुरी दिएको बताए । ‘चलचित्र पाइरेसी भयो । यसरी त हामीलाई ठूलो घाटा लाग्छ । यसलाई कन्ट्रोल गर्नुपर्यो भनेर निवेदन दिएका छौं’ उनले भने, ‘पाइरेसी रोक्ने प्रोसेस गर्ने उहाँहरूले बताउनुभएको छ ।’

दर्शकहरुले मोवाइलले खिचेर फिल्मका क्लिपहरूटिकटकमा राखिरहेका छन् । हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य, नीर शाह, निर्मल शर्मा, अनुराग कुवँर लगायतका कलाकारहरूको अभिनय छ । राजनीतिक कथालाई रमाइलो तरिकाले चलचित्रमा पेस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध