2026-09-19 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रणवीरले भने- मेरो छोरी आलिया जस्तो नहोस्

फागुन २४, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर फिल्म ‘तू झुठी मे मक्कार’ लाई लिएर चर्चामा छन्।

भारतमा बुधबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले फिल्ममा रणवीर र श्रद्धा कपूरको जोडीलाई रूचाइरहेका छन्। 

यसै फिल्मको प्रमोशनका क्रममा अभिनेता रणवीरले आफ्नो व्यक्तिगत जीवनबारे कुराकानी गरेका थिए। उनले पहिलो पटक अभिभावक हुँदाको अनुभव सेयर गरेका थिए। 

‘राहाको मुस्कान देखेपछि उनलाई छोडेर काममा जान मन लाग्दैन,’ उनले भने। 

साथै उनले आफ्नो छोरी आलिया जस्तो नहोस् भन्ने चाहना व्यक्त गरे। 

‘राहा आलिया जस्तै देखियोस् तर उनको स्वभाव मेरो जस्तै होस् भन्ने चाहन्छु। आलिया निकै तेज र धेरै कुरा गर्छिन्। यदि राहा आलिया जस्तै भइन् भने घरमा दुई जना उस्तै हुन्छन्। उनीहरूलाई सम्हाल्न मेरो लागि धेरै गाह्रो हुन्छ। त्यसैले राहा मेरो जस्तै शान्त स्वभावको होस् भन्ने चाहन्छु। ताकि हामी दुई जना आलियाको ख्याल राख्न सकूँ,’ उनले भने।

आलियाले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्। 

केही वर्ष प्रेममा रहेका आलिया र रणवीरले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए। 

आलिया र रणवीर पछिल्लो समय फिल्म ‘बह्मास्त्र’ मा एकसाथ देखिएका थिए। यो फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो।

आलियाले आफ्नो पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को छायांकन सकाएकी छन्। उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ र कट्रीना कैफ र प्रियंका चोपडासँग ‘जिले जरा’ मा देखिनेछिन्।

रणवीर रश्मिका मन्दानासँग फिल्म ‘एनिमल’ मा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो