2026-10-10 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलले आत्मसमीक्षा गर्दै लेखे– यसपटक म चुकेँ

फागुन २६, काठमाडौँ | फिल्म ‘२.० छड्के’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि छैठौं दिन क्युएफएक्सबाट उत्रिएको थियो।

फिल्म फ्लप भएपछि पहिलो पटक आफ्नो करिअरमा असफलता व्यहोर्न पुगेका थिए अभिनेता अनमोल केसीले। उनले आफ्नो असफलतालाई स्वीकार गरेका छन्। शुक्रबार एक फेसबुक स्टाटसमार्फत् उनले आफू झनै परिपक्व हुनुपर्ने ठाउँमा चुक्न पुगेको भन्दै दर्शकसँग माफी मागेका छन्। 

‘दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ। उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु। २.० छड्के मेरो नवौं सिनेमा थियो। नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो। यहाँनिर म चुक्न पुगेँ,’ उनले आत्मसमीक्षा गर्दै लेखेका छन्। 

अनमोलले यो समय पनि बितेर जानेछ भन्दै दर्शकहरूलाई आश्वस्त तुल्याउन खोजेका छन्। उनले अब बन्ने दशौं सिनेमाबाट नयाँ सत्रको सुरुवात हुने समेत बताएका छन्।

‘अब नवौंपछिको दशौं सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शुन्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ। मेरो करिअरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ,’ उनले लेखेका छन्, ‘जबसम्म शुभचिन्तक र दर्शकहरूको साथ र सहयोग रहिरहनेछ मेरो कोसिस निरन्तर जारी रहनेछ!’

निगम श्रेष्ठले निर्देशन गरेको फिल्मले जम्मा ३० लाख मात्र कमाइ गरेको थियो। 

हेर्नुहोस स्ट्याटस:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध