2026-09-12 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

असार २८, सिमकोट (रासस)। चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिनुभयो ।

“केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना सङ¬्क्रमण पुष्टि हुन थालेको छ”, डा लामाले भन्नुभयो, “यस्तै प्रकारले सङ्क्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै सङ्क्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।” निषेधाज्ञा हटाएको एक सातामै जिल्ला अस्पतालमा लक्षणसहितका सङ्क्रतिमको सङ्ख्या बढेको उल्लेख गर्नुभएका डा लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिनुभयो । 

 लक्षणसहितका चारजना कोरोना सङ्क्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु  कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सञ्चालन गरेको रानीवन आइसोलेशनमा राखिएका चार जना सङ्क्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतबार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा लामाले बताउनुभयो । 

कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आइतबार मात्रै पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । 

सिमकोट गाउँपालिकामा नौ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार ९८० जनामा परीक्षण गर्दा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ४३ जना सक्रिय सङ्क्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस