2026-09-12 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

पुस ३०, मान्म | कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो । 

कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । 

जिल्लामा कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिनुभयो । “पछिल्लो चरणमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये छ महिला र सात पुरुष रहेका छन्”, उहाँले भन्नुभयो, “विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयावहरुपमा लिएको छ ।”

कोभिड–१९ का सङ्क्रमित विभिन्न होमआइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस