2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

माघ २,  काभ्रेपलाञ्चोक | पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो । 

शनिबार बिहान नारायाणस्थान जाने क्रममा डाँडा नजिकै गोरेटोबाट चिप्लिएका पनौतीका एक बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत अवस्थित करिब तीन हजार मिटर उचाइमा रहेको पर्यटकीय उक्त बेथानचोक नारायणस्थान डाँडाबाट भिरमा खसेर करिब एक वर्षअघि पनि एक युवकको मृत्यु भएको थियो । मृतक दुवै पर्यटकीय क्षेत्रउन्मुख नारायाणस्थान घुम्न गएका आन्तरिक पर्यटक हुन् । 

शुक्रबार आफन्तसँग बेथानचोक नारायणस्थान घुम्न गएका पनौती नगरपालिका–६ दलिनचोकका १२ वर्षीय सौरभ सापकोटाको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । शनिबार बिहान ३ बजेदेखि हराइरहेका सापकोटाको खोजी गर्दा शव नारायणस्थानको डाँडाबाट करिब एक सय मिटर तल भेटिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” 

आफन्तका अनुसार, सौरभ हिउँमा चिप्लिएर बेपत्ता भएका थिए । सापकोटा हराएको खबर पाएपछि शनिबार बिहानदेखि प्रहरी तथा सदरमुकाम धुलिखेलस्थित कालीजङ्ग गणका सेनाको ‘माउन्टेन वारफेयर’ टोली खोजी कार्यमा परिचालन गरिएको थियो । स्थानीयवासीले पनि सापकोटाको खोजीमा निकै प्रयास गरेका थिए । ठूलो भिरमा खोजी गर्न निकै चुनौतीपूर्ण रहेकाले सुरक्षाकर्मी परिचालन गरिएको हो । “भिरमा खसेका बालक खोज्नु निकै चुनौतीपूर्ण थियो, सेनासहितको सुरक्षाकर्मीको टोलीले डोरीले बाँधेर उनको शव ल्याएको थियो,” खतिवडाले भन्नुभयो । उहाँका अनुसार, खोजी गर्ने क्रममा मृत भेटिएका सापकोटाको शव दिउँसो भिरबार निकालिएको हो । 

बेथानचोक नारायणस्थान जिल्लाकै अग्लो स्थान हो । विशेषगरी हिउँदमा हिउँपर्ने भएकाले यो अवधिमा आन्तरिक एवं बाह्य पर्यटक आउने गर्दछन् । यहाँबाट महाभारतको पहाडी तथा हिमाली शृङ्खला र तराई क्षेत्रलाई नियाँल्न सकिन्छ भने सूर्योदयको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । यहाँ महादेवको मन्दिर रहेकाले विशेष अवसरमा मेलासमेत लाग्ने गर्दछ । पछिल्लो वर्षदेखि कतिपय युवायुवतीहरु उक्त नारायणस्थान डाँडामै पाल टाँगेर बस्ने गर्न थालेका छन् । गत साल चैतमा पनि धुलिखेलका एक युवाको सोही भिरबाट खसेर मृत्यु भएको थियो । 

चारजना साथी मिलेर रात बस्न बेथानचोक गएका धुलिखेल नगरपालिका–४ का २३ वर्षीय निरोज रिजालको २०७७ साल चैत ७ गते राति नारायाणस्थान डाँडाबाट खसेर मृत्यु भएको थियो । त्यतिबेला धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले करिब एक हजार मिटर तलबाट रिजालको शव निकालेको जनाएको थियो । राति टेन्टबाट नजिकै पिसाब फेर्न जाँदा निरोजको लडेर मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाइएको थियो । 

पर्यटकको आकर्षण बन्दै गएको बेथानचोक नारायाणस्थान क्षेत्रको भिरबाट लडेर रिजालको मृत्यु भएपछि त्यतबेला नै सो डाँडालाई फलामे बार लगाएर सुरक्षित गर्न स्थानीय तहलाई निकै सुझाव दिइए पनि आलटाल गरिँदै आएको बताइन्छ । गाउँपालिकाले भने सो क्षेत्रमा सहज रुपले पुग्न भौतिक पूर्वाधार निर्माण गर्ने तथा घनाजङ्गल रहेकाले पर्यटक हराउन सक्ने सम्भावना रहेकाले नामावली सङ्कलन गरेर मात्रै नारायणस्थान क्षेत्रमा प्रवेशको अनुमित दिइने व्यवस्था गरिने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई