माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्"/>
2026-09-12 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सङ्क्रमित बढ्दै

माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । उहाँले भन्नुभयो,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ ।” हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगिसकेका छन् ।  

सो कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन् ।  यस्तै पाटन , पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात ,चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक  जना छन् । सक्रिय सङ्क्रमित सबै होम आइसोलेशनमा छन् । 

यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमित शून्य छन् । यी पालिकामा हाल एकजना पनि सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ । सो नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो । कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ । जिल्लाका हालसम्म सङ्क्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस