पढ्न करिब 1 मिनेट लाग्छ

माघ ९, कैलाली | कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डंगौराको खोप लगाएर घर फर्कने क्रममा आइतवार मृत्यु भएको हो ।उनले आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि हिँडेरै घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।

उनको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको खोप कै कारण हो वा अन्य कारणले मृत्यु भएको हो त्यसबारेमा आधिकारिक केही जानकारी आएको छैन् ।