Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

By kit

<p><b>माघ ९, काठमाडौँ | </b>कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।<br></p><p>उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।</p>