2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेस प्रदेशमा खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

माघ २०, जनकपुर | कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ ।  निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ सङ्क्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् ।

बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई  नयाँ सङ्क्रमित थपिएका छन् भने मङ्गलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ , सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु सबै होमआइसोलेशनमा रहेको जनाइएको छ ।

महामारी सुरु भएपछि प्रदेशमा सङ्क्रमणबाट हालसम्म ४१ हजार १२२ सङ्क्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । निर्देशनालयका अनुसार सङ्क्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ ।

सुरुमा  सङ्क्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढ्ेसँगै सङ्क्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करिब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताउनुभयो । गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो सङङ्ख्या बढेर करिब ५५ प्रतिशत पुगेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पूर्ण डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६७ , धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ । यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको सङ्ख्या भने प्रदेशमा करिब ६६ प्रतिशत छ । ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने सङ्ख्या बढी छ ।

निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् । “खोप लगाउने दर कम हुँदा सङ्क्रमण फैलिने दर बढेको थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भन्नुभयो, “तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।” अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो । तर स्वास्थ्य मापदण्ड पालना नगरेमा सङ्क्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ ।

सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ । “विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच सुरु ग¥यो”, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भन्नुभयो, “सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।” जाँचका क्रममा सङ्क्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि सङ्क्रमणदर घटेको हुनसक्ने उहाँको भनाइ थियो ।

पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ । वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक