Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २०, दाङ | पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो ।

उहाँको गएराति १२ बजे उपचारका क्रममा  मृत्यु भएको  बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन  परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा  र  आठ जनाको  तुलसीपुर र घोराहीका कोभिड अस्पतालको  सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ ।

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभएको छ ।