2026-09-12 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हात्तीपाइले रोगविरुद्धका अभियानमा जुटे स्थानीय तह

फागुन २२, राँझा ।  हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तीपाइले रोग निवारण कार्यक्रम स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै पनि जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले बाँकेमा लक्ष्य प्राप्त गर्न नसकेको अवस्थालाई सुधार गर्न अहिले स्थानीय तहले सक्रियता देखाएका छन् । 

आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले औषधि सेवन नगरे सरकारी सेवाबाट बञ्चित गर्नेसम्मको तयारी गरेको नगरप्रमुख लुटबहादुर रावतले बताउनुभयो । प्रत्येक वर्ष औषधि सेवन अभियान सञ्चालन भए पनि प्रभावकारी नभएका कारण अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सबैलाई व्यापकरूपमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो । 

कोहलपुर नगरपालिकामा ८४ प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । वडा नं ५ र ६ मा पर्ने रझेना गाउँमा औषधि सेवन नगरेको पाइएकाले अहिले त्यहाँ ध्यान केन्द्रित गरेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य केन्द्रका प्रमुख अनिल सेनले बताउनुभयो । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकास्तरमा व्यापक प्रचार–प्रसारसहित जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरिएको जानकी गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताउनुभयो । 

जिल्लामा ८१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । सो रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०११ बाट जिल्लामा रोगविरुद्धको औषधि खुवाउन सुरु गरिए पनि लक्ष्य प्राप्त गर्न नसकेको उहाँको भनाइ छ । 

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।

महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नुपछि अपाङ्गतासमेत हुँदा सामाजिक र मानसिकरूपमा पनि असन्तुलित हुनसक्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस