जेठ १५, काठमाडौं |आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो ।

सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटि ताल वरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ । नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत् पनि खोजी भइरहेको एति एयरले जनाएको छ ।

तारा एयरको टुइनेटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।