२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

२०७९, ८ मंसिर बिहीबार ०८:१४

मंसिर ८, भेरीगङ्गा | कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार विसी पराजित हुनुभएको छ । थानीको पक्षमा ३४ हजार छ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभयो । 


त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गर्नुभएको छ । थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार छ सय दुई मत प्राप्त गर्नुभयो । दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ । उहाँले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराउनुभयो । 

यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार एक सय २० मत ल्याएर पराजित हुनुभयो । 

यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराउनुभयो । शाहले १९ हजार सात सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहनुभयो । 

यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी हुनुभएको छ । उहाँ २२ हजार आठ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई दश हजार आठ सय ६० मतान्तरले उहाँले पछाडी पार्नुभयो । यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहनुभएका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै जानुभएको छ भने मुगु, हुम्ला र डोल्पामा अहिले मतगणना जारी छ । 

प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक  

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ । अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरु १० ठाउँमा सत्ता गठबन्धका उम्मेदवार निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी हुनुभएको छ ।

 कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित हुनुभयो । यस्तै दैलेख क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भइसक्नुभएको छ । उहाँले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । उहाँले  नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभयो ।

यस्तै त्यही क्षेत्रको प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी हुनुभएको छ । उहाँले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाउनुभयो । 

यस्तै दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ । एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराउनुभएको हो । भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ । जाजरकोट प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ । 

सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गर्नुभयो । जाजरकोटकै प्रदेशसभाअन्तर्गत (२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाउनुभएको छ । 

कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गर्नुभयो । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी हुनुभएको हो । यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी हुनुभएको छ । 

कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारीमन्त्री रोकायलाई पछाईले पराजित गर्नुभएको हो । पछाई सात हजार आठ सय १५ मतले विजयी हुनुभएको हो । रोकायले छ हजार सात सय २२ मत प्राप्त गर्नुभएको हो । पछाई एमाले प्रदेश कमिटी उपसचिव हुनुहुन्छ । यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेदवार प्रदेशसभामा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट