Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-18 06:29 PM
ओखलढुङ्गा - OKL

सरस्वती ! मलाई माफ गर


दिपा नेपाल
ओखलढुंगा
हाल : नेपालगञ्ज


तिम्रो मुर्ति लाई ढोग्दै गर्दा,
सल्बलाउँछन् मानसपटलमा,
ज्ञान भरिएको दिमागले गरेका
अज्ञानी कर्तुतहरु
ती नक्कली सर्टिफिकेटहरु
ती बेरोजगार शिक्षितहरु
ती नग्न सुन्दरीहरु
ती कलाका भण्डार हरु
ती विवश अशिक्षित हरु
हेरिरहेकी छु म पनि
तिमी जस्तै!!
निरीह र नतमस्तक भएर।

पुस्तकका पन्ना पुज्दै गर्दा,
झल्किन्छन् कतै पर एउटा क्यानभासमा
ती अशिक्षित ज्ञानीहरु र
ती अशिक्षित अज्ञानीहरु
ती पाठ्यपुस्तक नपुगेका बिधालयहरु
ती झोलाभरी किताब बोकाउने बोर्डिङ्हरु
ती कलमले खोजीरहेका साथहरु
ती सिगरेट खोजिरहेका हातहरु
रोक्न सकिन मैलेपनी
तिम्ले जस्तै!!
शान्त र ज्ञानी भएर।

तिम्रो अस्तित्व लाई सम्झीरहँदा
आत्मग्लानी ले ढपक्कै छोप्छ
हृदयको यो कुनामा
सकिरहेकी छैन,
अशिक्षित लाई शिक्षित बनाउन
अज्ञानी लाई ज्ञानी बनाउन
सरस्वती!
मलाई माफ गर!!



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई