फागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भाषाका जीवन्त अभिनेता रामशेखरको निधन

२०७३, १६ फाल्गुन सोमबार १०:००

फागुन १६, भक्तपुर । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । 

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहनुभएको थियो । 

अद्वितीय प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको छ दशक हास्यव्यङ्ग्य लेखनमा बिताउनुभएको थियो । छ दशकको कला यात्रामा उहाँले व्यङ्ग्य लेखन मात्र नगरी आफैँले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गर्नुभयो । 

विसं २०११–१२ सालदेखि कला क्षेत्रमा प्रवेश गर्नुभएको थियो । त्यसपछि नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उहाँले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्त रुपमा नेपालभाषाको फिल्म ‘राजमति’ को लेखनसमेत गर्नुभएको थियो । 

विसं २०११ मा उहाले पहिलोपटक ‘समाज सुधार’ शिर्षकको नेपाली नाटकमा अभिनय गर्नुभएको थियो । त्यसपछि उहाले ‘साहसी महिला’ शीर्Èकको अर्को एउटा नेपाली नाटकमा अन्धो भिखारीको सानो भूमिकामा अभिनय गर्नुभएको थियो भने सो नाटकका लागि उहाँले ‘प्रभु लेऊ शरण म भिखारी’ बोलको यो गीत रचना गर्नुका साथै गाउनुसमेत भएको थियो । 

नेपाल भाषामा धेरै कथा लेख्नुभएका रामशेखर नकर्मीका कतिपय कथा नेपाली  भाषामा अनुवाद भएका छन् भने ‘मत ख्याः’ कथा अङ्ग्रेजी र ‘नसंफाःगु चा’ जापानिज भाÈामा समेत अनुवाद भएका छन् । ‘नसंफाःगु चा’ शीषकको एउटै मात्र उपन्यास लेख्नुभएका रामशेखरले सो उपन्यासबाट दुई प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ र ‘गंकी वसुन्धरा सिरपा’ प्राप्त गर्नुभयो । नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाल  भाषाको पहिलो टेलिफिल्म ‘१२ बजे’ का उहा लेखक एवम् अभिनेता हुनुहुन्थ्यो । उहाँले लेखन, निर्देशन, अभिनय गर्नुभएको पःखा (पर्खाल) चलचित्रले जापानमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘थर्ड फ्युचर अफ एसिया पुरस्कार’ पनि जित्न सफल भएको थियो । 

उहाले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’ लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’ समेतमा अभिनय गर्नुभएको थियो । उहाँका चार छोरा र चार छोरी हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ