पढ्न करिब 2 मिनेट लाग्छ

चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गमको राजनिनि स्थानीय विकासको एजेण्डालाई गजलमार्फ रचेर प्रकाशित गरेपछि “जगल संग्रह आँखासामु” लोकप्रिय बनेको हो ।

प्रगतिसिल लेखक संघ बैतडीका अध्यक्ष समेत रहेको स्वराडी कृति लेखन क्षेत्रमा निकै रुचि राख्ने कलाकार हुन् । समसामयिक राजनितिक घटनाक्रम, स्थानीय विकास निर्माण लागायतका विषयमा स्थानीय तथा राष्ट्रिय पत्रिकामा लेख प्रकाशन गर्ने उनले यसपटक आफ्नै कृति प्रकासन गरेका हुन् ।

स्थानीयस्तरका पीडा, गरिबी र भ्रष्टाचार लगायतका विषयपनि आँखासामुको भित्रि पन्नाहरुमा उतारिएको छ । मेलौली नगरपालिकाको वडा नम्बर ७ शिवनाथमा जन्मेका दयाल हाल सदरमुकाममा बस्दै आएका छन् ।

आँखासामु कृतिको १ सय १४ पेजको कृति नम्बर ११४ को नयाँ कोट फेरियो शिर्षकको गजल निम्न उल्लेख छ ।

नयाँ कोट फेरीयो अस्तर पुरानै

नयाँ चुना लेपन भयो पलस्तर पुरानै ।

बजारमा भौतारिदै गल्ली–गल्ली धाएँ

बल्ल पो भेटे नयाँ नाम, सरह पुरानै ।।

बजारको भाउले आकास छुनै लाग्दा

किसानको आफुले पाउने दर पुरानै ।

ध्वजापतङ्गाले सजाएको आँगन पुगेँ

जिर्ण भत्कन लागेको घर पुरानै ।।

स्कुल फेरियो अनि पाठ्यपुस्तकहरु

पढाउने तरिका शैली र सर पुरानै ।

मञ्चमा आसन र भाषण फेरियो

तर योजना तान्ने त रहर पुरानै ।।