2026-07-04 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रचण्डले सरकारसँग बिचौलियाको स्वार्थ अनुरूप गभर्नर नियुक्ति गर्ने प्रक्रिया बन्द गर्न आग्रह गरे

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नरमा पार्टीमा नभई बिचौलियाको बीचमा भागबण्डा नमिलेको आरोप लगाएका छन्। बिहीबार मधेस जागरण अभियानअन्तर्गत भैरहवा पुगेका बेला प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुन बिचौलिया समूहको गभर्नर हुने भन्ने कुरा टुङ्गिन नसकेकाले नियुक्ति हुन ढिलाई भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले राम्रो काम गर्ने कर्मचारीलाई अपमानित गरेर निकाल्ने र आफूले भनेको काम गर्ने कर्मचारीलाई राजनीतिक भर्ती गर्न लागेको उल्लेख गरे। ‘बिचौलियाहरूले कहिले कांग्रेसलाई पक्रेका छन्, कहिले एमालेलाई पक्रेका छन् । गभर्नर जस्तो पद देशको अर्थतन्त्रलाई नियमन गर्ने, नियमित गर्ने, सन्तुलित बनाउने महत्त्वपूर्ण, संवेदनशील ठाउँ हो। हामीले गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल बन्द गर भनेका छौं । योग्य व्यक्तिलाई गभर्नर नियुक्ति गर्न भनेका हौँ,’ उनले भने।

प्रचण्डले बिचौलियाको स्वार्थ अनुरूप गभर्नर नियुक्ति गर्ने प्रक्रिया बन्द गर्न सरकारसँग आग्रह गरे। ‘जसरी लोडसेडिङको अन्त्य गर्न कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि एउटा परिणाम निकालिएको थियो । त्यसरी नै गभर्नर नियुक्ति हुनुपर्‍यो ।’प्रचण्डले अहिले अर्थतन्त्रमा देखिएको सबै समस्या समाधानको लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो