२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देशको विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला

२५ बैशाख २०८२, बिहीबार १४:००

काठमाडौँ । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाम नगरपालिका-९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ स्थित छाप्रोभित्र अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् भने सिराहाको कल्याणपुर नगरपालिका-३ स्थित सडक छेउमा सोही नगरपालिका-२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया पनि मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रौतहटको माधवनारायण नगरपालिका-१ स्थित सडक पेटीमा राजपुर नगरपालिका-४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो, कपिलवस्तुको महाराजगंज नगरपालिका-१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया र कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ चित्रपुरस्थित खेलमैदानमा शुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ६० वर्षीय घुम्मन राना मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । बुधबार र बिहीबार भएका उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’