काठमाडौँ । भारत र पाकिस्तानको बिचमा तनाव शुरुभएसँगै नेपाल–भारत सीमानामा कडाइ गरिएको छ । ‘हाई अलर्ट’मा रहेको सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा ३ सय १२ वटा पट्रोलिङ गरेको छ ।
सीमानामा १ हजार ८४४ ठाउँमा चेकप्वाइन्ट राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । मंगलबार बिहानदेखी बिहिबार बिहानसम्म भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग मिलेर सशस्त्रले संयुक्त पट्रोल समेत गरेको छ ।
नेपाल र भारतको सीमानामा सशस्त्रका करिब १० हजार सशस्त्र प्रहरी परिचालिन छन् । सीमानामा हुने अवैध गतिबिधीलाई रोक्न प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधीहरुसँग पनि समन्वय गरिएको डीएसपी थापाले जानकारी दिए ।