2026-09-24 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया रोजगारमा सिण्डिकेट स्वीकार्य छैन: नेपाल वैदेशिक रोजगार संघ (भिडियो सहित)

काठमाडौं । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न लागेको बिरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज काठमाडौँमा व्यावसायीहरुको भेला आयोजना गरेको छ । सिन्डिकेटधारी पक्षले सेटिङ मिलाएर सिन्डिकेट लगाउने अन्तिम कसरत गरिरहेको बिषयमा ब्यापक विषय बाहिर आएपछि नेपाल वैदेशिक रोजगार व्यवसायीसंघले त्यसको बिरुद्ध हस्ताक्षर अभियाननै सुरु गरेको हो ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियामा जबरजस्ती सिण्डिकेट लाद्न खोजिएकोप्रति गम्भीर आपत्ति जनाए ।हात मा कालो पट्टि बाँधेर सुरु भएको उक्त बिरोध कार्यक्रममा बोल्दै व्यवसायीहरुले सिण्डिकेट कुनै हालतमा स्वीकार्य नहुने धारणा राखे ।

कार्यक्रममा अध्यक्ष गुरुङले सीमित म्यानपावर कम्पनीहरूलाई मात्र मलेसियामा कामदार पठाउने अनुमति दिने प्रयास भइरहेको उल्लेख गर्दै, यस्तो सिण्डिकेट प्रणालीले श्रम बजारमा असमान प्रतिस्पर्धा सिर्जना गर्ने बताए । उनले भने, “हामी जबरजस्ती सिण्डिकेट लाद्नेलाई रोक्न तयार छौं ।” उनले अगाडी भने ‘तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ ।’

संघले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले मलेसिया मेडिकलमा सिन्डिकेट लगाउने मुख्य माफियानै हाल मलेसिया रोजगारमा सिन्डिकेट लगाउन प्रयास गरिरहेका मुख्य माफिया रहेको खुलाशा गरेका छन् । सिन्डिकेट लगाउन बंगलादेशी नागरिक अमिन र नेपालका एजेन्ट कैलाश खड्का मिलेर सिण्डिकेटको योजना बनाएको आरोप व्यवसायीको छ ।

पूर्व अध्यक्ष रोहन गुरुङले पनि व्यवसायीहरूलाई सिण्डिकेटविरुद्ध एकजुट हुन आग्रह गर्दै, यस्तो प्रवृत्तिले अन्य देशमा पनि असर पार्ने खतरा रहेको चेतावनी दिए ।

स्वास्थ्य परीक्षणको सन्दर्भमा समेत पहिलेजस्तै सिण्डिकेट मोडल दोहोरिन खोजिएको संघले ध्यानाकर्षण गरेको छ । हाल ३६ वटा स्वास्थ्य संस्थामार्फत मात्र मलेसिया जाने श्रमिकको परीक्षण हुने व्यवस्थाको पनि संघले विरोध गरेको छ ।

संघले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा मलेसियास्थित सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै सिण्डिकेटका कुनै पनि स्वरूपलाई मान्यता नदिने चेतावनी दिएको छ । साथै, यसले आम व्यवसायीमा अन्योल र चिन्ता बढाएको भन्दै संघले आन्तरिक अनुसन्धान थालेको जनाएको छ ।

व्यवसायहरुका अनुसार नेपाली र मलेसियन गिरोहबीच अरबौं रुपैयाँको सिण्डिकेट डिल भएको आशंका छ, जसअन्तर्गत नेपालबाट एक अर्ब रुपैयाँ संकलन भइसकेको छ । यस्ता गैरकानुनी गतिविधिका विरुद्ध कडा कारबाही गरिने संघले जनाएको छ ।

संघले आगामी शुक्रबारसम्म सिन्डिकेटको बिपक्षमा रहेको स्वीकार गरेर संघलाई प्रतिबद्धता व्यक्त गर्न सबै व्यावसायीहरुलाई सर्कुलर समेत जारी गरेको छ | संघको आजको कार्यक्रम मार्फत २०० भन्दा बढी म्यानपावर व्यावसायीले सिन्डिकेट बिरुद्ध प्रतिबद्दता सहित हस्ताक्षर गरेका छन् ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी