2026-09-24 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतमा हाउसमेड लैजान सय बढी नेपाली संलग्न ! महिलाहरु लाइनमा राख्दै छानिन्छन्

कुवेतका रोजगारदाताले एक जना हाउसमेडको लागि कम्तिमा ७५० केडी (करीब साढे तीन लाख रुपैयाँ) सम्मको कमिसन तिर्छन् । यहि रकमले यो धन्दा लामो समयदेखि गज्जबले चलिरहेको छ । हाउसमेड माग गरेको रोजगारदाताले दिएको कमिसन रकम मध्य आधाभन्दा बढी रकम सेटिङकै लागि छुट्याइन्छ । नेपाल एअरपोर्टका कर्मचारीसँग कुरा मिलाउने गिरोहले प्रति सेटिङ ४०० केडी (करीब एक लाख ७५ लाख रुपैयाँ)को हाराहारीमा रेट लिने गरेको छ । त्यसरी सेटिङ गराएपछि बाँकी रकम एजेन्टहरुले फाइदा लिन्छन् । स्रोतका अनुसार सेटिङ गरि कुवेत पुर्याईएका नेपाली हाउसमेडहरु नेपालीलेनै संचालन गरेका कम्पनीमा पुग्छन् । त्यहाँ पुगेका महिलाहरु तत्काल हाउसमेड लिने मालिकसम्म पुग्दैनन् । कम्पनीले महिलाहरुलाई लाइनमा राख्छन् । हाउसमेड लिने मालिकले महिलाहरु हेरेर आफूले चाहेको महिला छान्छन् । स्रोत भन्छ ‘महिला हेरेर पैसाको मोल समेत तल माथि हुने हुन्छ ।’ कम्पनीले महिलाको उपलब्धता अनुसार हाउसमेड मालिकलाई खबर गर्ने गरेका छन् ।

अनिल अधिकारी (कुवेत) । नेपालबाट घरेलु कामदार (हाउसमेड) को रुपमा कुवेत लगायत देशहरुमा ल्याउने र सप्लाई गर्ने कार्यमा सयजना भन्दा बढी नेपाली व्यवसायीको संलग्नता रहेको पाइएको छ ।

हाउसमेडमा सबैभन्दा बढी कुवेतमा नेपाली महिलाहरु सप्लाई हुने गरेको अवस्था छ । सम्बन्धित देशमा महिला सप्लाई गर्न वैधानिकता भएपनि नेपालले हाउसमेड पठाउन बन्देज लगाएको अवस्थामा सम्बन्धित गिरोहले नेपालको कानुनको ठाडो बर्खिलाप गरेको पाइएको छ । यसरी कानुन मिचेर काम गर्नेहरुमा अधिकांश नेपालीनै छन् । कुवेतमा यसरी काम गर्ने नेपालीहरुको संख्या सयभन्दा बढी रहेको पाइएको छ ।

कुवेतमा बसेर नेपालीलेनै नेपालको नीति बिपरित कुवेतमा प्रत्यक्ष हाउसमेड व्यवस्थापनको काम गर्दै गरेको विषयमा कुवेतस्थित नेपाली दुतावास समेत जानाकार छ । तर दुतावास तिनै व्यवसायीको प्रभावमा रहेको पाइएको छ ।

कुवेतमा नेपाली हाउसमेडको माग उच्च छ । त्यसैलाई आफ्नो व्यवसाय बनाएर बर्षौंदेखि कुवेतमा नेपाली हाउसमेड व्यावस्थापन गर्ने व्यवसायीले छुट्टै समूह बनाएर सक्रिय राजनीति समेत गर्दै आएको पाइएको छ । स्रोतका अनुसार उनीहरुको विरुद्ध जाने केहि नेपालीहरुले कुवेतबाटै डिपोर्टसम्मको सजाय भोगेको गुनाशो छ । स्रोत भन्छ ‘हामीले कुवेतमा बसेर उनीहरु बिरुद्ध बोल्न-लेख्न सक्दैनौं । नेपाली दुतावास समेत उनीहरूबाट प्रभावित छ ।’

कुवेतमा हाउसमेडको माग भएसंगै आवश्यक डिमाण्ड पूर्ति गर्न तिनै सक्रिय व्यवसायीले नेपालमा छुट्टै संजाल फैलाएका छन् । नेपालमा रहेको गिरोहले कम पढेका, आर्थिक रूपमा कमजोर, एकल महिला, हिंसामा परेका, वा सहयोग खोज्दै भौतारिएकाहरूलाई लक्ष्य बनाउँछ । नेपालीहरुकै सक्रियतामा हाउसमेड भर्ति गर्नेदेखि नेपालमा आवस्थक एअरपोर्ट सेटिङसम्मको र्याकेट बर्षौंदेखि सक्रिय अवस्थामा रहेको पाइएको छ । उनीहरूलाई नेपालमा दलालले ‘घरेलु सहयोगी’, सजिलो काम हुन्छ भन्दै झुटा सूचना दिइन्छ, पासपोर्ट बनाइन्छ, इमिग्रेशनमा सेटिङ मिलाइन्छ, र ‘भिजिट’ वा अन्य बहानामा कुवेतसम्म पुर्‍याइन्छ । उनीहरू कुवेत पुगेपछि मात्रै थाहा पाउँछन्, आफ्नो भूमिका ‘हाउसमेड’ हो – जहाँ कामको अवधि, सुरक्षाको ग्यारेन्टी र सम्मान – सबैको मूल्य त्यही ‘लाइनअप’ मा निर्धारण हुन्छ।

कुवेत लगायत देशमा हाउसमेड सप्लाई गर्न नेपालले बैधानिक अनुमति दिएको छैन । तर धेरै एजेन्टहरुले यसैलाई आफ्नो कमाई धन्दा बनाएका छन् । उनैको योजना अनुसार इमिग्रेशन सेटिङ बर्षौंदेखि चल्दै आएको छ । स्रोतका अनुसार यो गिरोहले हाउसमेडमा महिला लगेबापत बार्षिक अर्बौं अवैध आर्थिक फाइदा उठाएको छ, जसमा कुवेतमा हाउसमेड भित्र्याउने म्यानपावर कम्पनी, नेपालका दलालहरु, केही सरकारी कर्मचारी र सम्बन्धित देशका एजेन्टहरु समेत संलग्न छन् ।

कुवेतका रोजगारदाताले एक जना हाउसमेडको लागि कम्तिमा ७५० केडी (करीब साढे तीन लाख रुपैयाँ) सम्मको कमिसन तिर्छन् । यहि रकमले यो धन्दा लामो समयदेखि गज्जबले चलिरहेको छ । हाउसमेड माग गरेको रोजगारदाताले दिएको कमिसन रकम मध्य आधाभन्दा बढी रकम सेटिङकै लागि छुट्याइन्छ । नेपाल एअरपोर्टका कर्मचारीसँग कुरा मिलाउने गिरोहले प्रति सेटिङ ४०० केडी (करीब एक लाख ७५ लाख रुपैयाँ)को हाराहारीमा रेट लिने गरेको छ । त्यसरी सेटिङ गराएपछि बाँकी रकम एजेन्टहरुले फाइदा लिन्छन् । स्रोतका अनुसार सेटिङ गरि कुवेत पुर्याईएका नेपाली हाउसमेडहरु नेपालीलेनै संचालन गरेका कम्पनीमा पुग्छन् ।

कुवेतमा पुगेपछि नेपाली हाउसमेड महिलाहरू प्रत्यक्ष मालिकसम्म तुरुन्तै पुग्दैनन् । कतिपय नेपालीले नै संचालन गरेका कम्पनीहरूले उनीहरूलाई “लाइनमा” राख्छन् – जहाँ रोजगारदाता आइपुग्छन्, महिला हेर्छन्, छनोट गर्छन्। स्रोत भन्छ, “महिला हेरेर उनीहरूको मोल तोकिन्छ।” यो अवस्था स्पष्ट रूपमा महिलामाथिको वस्तुकरण र गरिमामाथिको अपमान हो, जुन **अन्तर्राष्ट्रिय मानव अधिकार सम्झौताहरू, खासगरी CEDAW (महिलाविरुद्ध सबै प्रकारका विभेदको अन्त्य सम्बन्धी महासन्धि)**को खुला उल्लंघन मानिन्छ ।

नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार, घरेलु कामदार (हाउसमेड)को रूपमा नेपाली महिलाहरूलाई कुवेत, साउदी, मलेसिया जस्ता देशहरूमा पठाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ । वैदेशिक रोजगार विभागले घरायसी श्रमलाई उच्च जोखिमयुक्त रोजगारीको रूपमा वर्गीकरण गर्दै २०७४ सालदेखि नै स्पष्ट नीति लागू गरेको हो । तर, यथार्थमा यी नीतिहरू माफिया, दलाल, सेटिङ एजेन्ट र केही भ्रष्ट सरकारी कर्मचारीहरूद्वारा खुलेआम मिचिएको छ । नीतिको नाममा गरिने औपचारिकता र सुरक्षा चेतावनीहरू अभ्यासमा मात्र औपचारिकता बन्न पुगेका छन् । संस्थागत रुपमा श्रम-स्वीकृति लिएर जानेहरुले समेत सेटिङमा अभिमुखिकरण तालिमनै नलिई सेटिङ गराउने प्रचलन रहेको अवस्थामा सेटिङ गरि जाने महिलाहरुले त झन कुनै अभिमुखीकरण पाउने कुरै भएन । सरकारी संयन्त्रले समेत यस्ता गतिबिधि रोक्न प्रयाप्त सूचना तथा जानकारी दिदैंनन् । वैदेशिक रोजगार बोर्डबाट यस्तै सचेतनाको लागि छुट्याईएका बजेटहरु समेत बर्षेनी फ्रिज हुन्छन् ।

अझ गम्भीर कुरा त यो हो कि कुवेतस्थित नेपाली दूतावास यी सबै कार्यहरूको जानकारीमा रहे पनि मौन छ । स्रोतहरूका अनुसार, त्यही गिरोहले राजनीतिक पहुँच प्रयोग गरी दूतावाससम्म प्रभाव विस्तार गरिसकेको छ । जसले गर्दा दूतावास मौन सहमति सहित अप्रत्यक्ष रूपमा यस्ता अवैध कार्यको संरक्षण गर्दै आएको देखिन्छ । कुवेतमा घरेलु कामदार व्यवस्थापन गर्ने कम्पनी वैधानिक रहेको भन्दै दुतावासले आलटालको जवाफ दिने गरेको छ तर तिनैको कारण नेपालको नीति ठाडै मिचिएको विषयलाई दुतावासले अनदेखा गरिरहेको छ । दुतावासमा आउने अधिकांश समस्या घरेलु कामदारको समस्यामै जोडिएका छन् । समस्या लिएर आउनेहरुले दुतावासलाई दैनिक पीडकहरुको जानकारी, आफूलाई अवैध ल्याउनेहरुको जानकारी दुतावासलाई रिपोर्ट गराईरहेका हुन्छन् तर दुतावासले यस सम्बन्धमा कुनै एक्सन लिएको पाइएको छैन । त्यसो त यस्ता व्यवसायीले बोलाएको कार्यक्रममा दुतावासकै उपस्थिति रहने, समर्थन गर्ने जस्ता गतिबिधि लामो समयदेखि चल्दै आएका छन् । कुवेतको गैरआवासिय नेपालीको समितिमा समेत उनीहरुको निरन्तर उपस्थिति रहेको पाइएको छ ।

वैदेशिक रोजगारीलाई कमाइको माध्यम बनाउनेहरू बिभिन्न देशमा बसेर नेपालको नीतिलाई ठाडै कुल्चिएर, महिलाको शरीर र श्रमको सौदाबाजी गर्दैछन् । यो गलत धन्दा मात्र होइन, मानव अधिकारविरुद्ध हो । नेपाल सरकारले यस्ता गिरोहमाथि कडा अनुसन्धान, निगरानी र कारवाही थाल्नुपर्ने तर त्यसो नभईरहेको गुनाशो बढिरहेको छ । जिम्मेवारी लिएका दूतावास, श्रम मन्त्रालय समेतलाई यस सम्बन्धमा चासो र चिन्ता छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी