६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

५४३ नेपाली केयरगिभर इजरायल प्लायन

२७ जेष्ठ २०८२, सोमबार १३:१४

काठमाडौँ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि हालसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन्। वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीका अनुसार उनीहरू क्रमिक रूपमा कार्यस्थलमा खटिइसकेका छन्।

इजरायल सरकारले एक हजार मुख्य तथा एक हजार वैकल्पिक कामदारको कोटा खुला गरेपछि ९१९ जना नेपाली उम्मेदवार छनोट भएका थिए। तीमध्ये धेरैजसो इजरायल पुगिसकेका छन् भने बाँकीलाई क्रमिक रूपमा पठाउने प्रक्रिया जारी छ।

अब ३७ जना कामदार जाने तयारीमा छन् भने ३२ जनाले श्रम सम्झौता गरिसकेका छन्। अन्यको भने सम्झौता र भिसा प्रक्रियामा काम भइरहेको छ।

विभागले २०८० साल असार ११ गते केयरगिभरको लागि आवेदन आह्वान गरेको थियो। उक्त अवसरमा ४,०२४ जनाले अनलाइन फारम भरेका थिए। तीमध्ये ३,४६१ वटा आवेदन स्वीकृत गरिए भने बाँकी आवेदनहरूमा विभिन्न कैफियत देखिएपछि अस्वीकृत गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक