2026-09-03 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल–साउदी अरेबिया सहमति : सीपयुक्त श्रमिक नेपालले पठाउने

काठमाडौँ । नेपाल र साउदी अरेबियाबीच सीपयुक्त श्रमिक पठाउने विषयमा महत्त्वपूर्ण सहमति जुटेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच सोमबार जेनेभामा सम्पन्न द्विपक्षीय साइडलाइन भेटवार्तामा यस विषयमा सहमति भएको हो।

भेटवार्तामा साउदी पक्षले घरेलु श्रमिकसम्बन्धी सम्झौता थाती राखी सामान्य तथा सीपयुक्त श्रमिकका लागि तत्काल दुईवटा छुट्टाछुट्टै सम्झौता गर्न तयार रहेको जनाएको छ।

श्रममन्त्री भण्डारीका अनुसार, सामान्य श्रमिकसम्बन्धी श्रम सम्झौताको मस्यौदामा नेपालले पहिले नै सहमति जनाइसकेको छ। हस्ताक्षर मात्र बाँकी रहेको अवस्थामा साउदीले यसअघि घरेलु श्रमिकसम्बन्धी सम्झौता पनि एकसाथ हुनुपर्ने अडान राख्दै आएको थियो। तर, अहिलेको बैठकले पहिले सहमति भइसकेको सामान्य श्रम सम्झौता अघि बढाउने र घरेलु श्रमिकसम्बन्धी मस्यौदामा थप गृहकार्य गर्ने सहमति भएको छ।

मन्त्री भण्डारीले साउदी पक्षलाई नेपालको संसदबाट आएको निर्देशनअनुसार, सामान्य श्रमिकसम्बन्धी समझदारीपछि मात्रै घरेलु श्रमिकसम्बन्धी सम्झौता गर्न सकिने स्पष्ट पारे। साथै, घरेलु श्रमिकका हकमा एक पाइलट परियोजना आवश्यक हुने कुरा पनि बैठकमा उठाइएको जनाएका छन्।

जेनेभा बैठकले नेपाल र साउदी अरेबियाबीच सीप प्रमाणीकरणसम्बन्धी कार्यक्रम अघि बढाउने विषयमा पनि मार्ग प्रशस्त गरिएको छ। साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाइसकेको छ र सो मस्यौदा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई आधिकारिक रूपमा पठाइएको छ।

उक्त मस्यौदामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) का मापदण्डअनुसार श्रमिकका अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तनको सुविधा, र निष्पक्ष तथा न्यायोचित भर्ना प्रक्रियाजस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन