२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल–साउदी अरेबिया सहमति : सीपयुक्त श्रमिक नेपालले पठाउने

२८ जेष्ठ २०८२, मंगलवार १७:५१

काठमाडौँ । नेपाल र साउदी अरेबियाबीच सीपयुक्त श्रमिक पठाउने विषयमा महत्त्वपूर्ण सहमति जुटेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच सोमबार जेनेभामा सम्पन्न द्विपक्षीय साइडलाइन भेटवार्तामा यस विषयमा सहमति भएको हो।

भेटवार्तामा साउदी पक्षले घरेलु श्रमिकसम्बन्धी सम्झौता थाती राखी सामान्य तथा सीपयुक्त श्रमिकका लागि तत्काल दुईवटा छुट्टाछुट्टै सम्झौता गर्न तयार रहेको जनाएको छ।

श्रममन्त्री भण्डारीका अनुसार, सामान्य श्रमिकसम्बन्धी श्रम सम्झौताको मस्यौदामा नेपालले पहिले नै सहमति जनाइसकेको छ। हस्ताक्षर मात्र बाँकी रहेको अवस्थामा साउदीले यसअघि घरेलु श्रमिकसम्बन्धी सम्झौता पनि एकसाथ हुनुपर्ने अडान राख्दै आएको थियो। तर, अहिलेको बैठकले पहिले सहमति भइसकेको सामान्य श्रम सम्झौता अघि बढाउने र घरेलु श्रमिकसम्बन्धी मस्यौदामा थप गृहकार्य गर्ने सहमति भएको छ।

मन्त्री भण्डारीले साउदी पक्षलाई नेपालको संसदबाट आएको निर्देशनअनुसार, सामान्य श्रमिकसम्बन्धी समझदारीपछि मात्रै घरेलु श्रमिकसम्बन्धी सम्झौता गर्न सकिने स्पष्ट पारे। साथै, घरेलु श्रमिकका हकमा एक पाइलट परियोजना आवश्यक हुने कुरा पनि बैठकमा उठाइएको जनाएका छन्।

जेनेभा बैठकले नेपाल र साउदी अरेबियाबीच सीप प्रमाणीकरणसम्बन्धी कार्यक्रम अघि बढाउने विषयमा पनि मार्ग प्रशस्त गरिएको छ। साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाइसकेको छ र सो मस्यौदा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई आधिकारिक रूपमा पठाइएको छ।

उक्त मस्यौदामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) का मापदण्डअनुसार श्रमिकका अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तनको सुविधा, र निष्पक्ष तथा न्यायोचित भर्ना प्रक्रियाजस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल