2026-10-15 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

2025-06-26
काठमाडौँ  । सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा प्रयोग गर्न आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड इिएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण’ सम्बन्धमा सञ्चारकमीसँग छलफल तथा समन्वय बैठकमा सहभागीले वैदेशिक रोजगारबाट फर्केकाहरूको सामाजिक, आर्थिक र सीपलाई उद्यमी बनाउने लक्ष्यसहित सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्घाटन गर्दै सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई समाजमा आर्थिक रूपमा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम ल्याएको जानकारी दिनुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूको सीपलाई राष्ट्रिय पुँजीको बनाउनेतर्फ प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।
मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनःएकीकरण(रेमी)परियोजनाकी प्रदेश अध्यक्ष सपना थापाले विदेशबाट फर्केका जनशक्तिको सीपलाई उत्पादनसँग जोडेमा मुलुकको आर्थिक समृद्धि कायम गर्न सकिने सुझाव दिनुभयो । उहाँहरूले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन ती सीप प्रभावकारी बन्ने धारणा राख्नुभयो ।
वैदेशिक रोजगारीबाट फर्केका मोरङ केराबारी गाउँपालिका–१० की जीवनकुमारी राई र सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारीले विदेश रोजगारीमा जानेले सम्बन्धित देशको भाषा र आवश्यक सीप सिकेर गएमा सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समन्वय बैठकमा सञ्चारकर्मी गणेश लम्साल, गोकुल पराजुली, अनुज सापकोटा, बाबुराम निरौलालगायत वक्ताले आ–आफ्नो धारणा र जिज्ञासा राख्नुभएको थियो । डा चन्द्रप्रसाद उपाध्यायले सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका र सामाजिक विकास मन्त्रालयका शम्भुप्रसाद साहले श्रम रोजगार क्षेत्रमा गरेका कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने