2026-11-01 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवअधिकारको टोलीसँग बालकले भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

 मंसिर २८, काभ्रे । स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ।

टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो। कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन्।

आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि।क र कोपिला बि।क लगायतको टोली घटनास्थल पुगेको हो।

गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।

उनीसँगको कुराकानीपछि प्रत्यक्ष रुपमा दिसा खुवाएर कुटपिट गरेको देख्ने ३० वर्षिय शान्ता परियार( मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने । चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं ।

सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको । तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन । केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्‍यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाउने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ।

शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरेको देखेर मैले सहनै सकेन । रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे।

मैले दोहोराएर फेरि भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरि मैले भने तपाईको आमाले छातीको पिटेको भए हुन्थ्यो तर तपाईले डोरीले बाँधे र पिटने भन्दै मैले छुटाए।

पछि उनले विद्यालय नजिक रहेको छेडुब लामाको घरमा रहेको चिरपट लिएर गएको र भाग्दा भाग्दै खुट्टामा तिन चार पटक हानेको देखे पछि लक्ष्मीले पनि ढुंगाले हिँर्काउदा के भयो म मेरो घर लागे अरु मैले केही देखिएन अध्यारो थियो।

उनका छोरा १० वर्षिय सुमनले आमाको टाउँकोमा ठूलो घाउँ, घाँटीमा निलडाम देखिएको भने पछि मात्रै थाहा पाए । मैले लक्ष्मीलाई के भएको भनेर चोटपटक लाग्यो वा लागेन भन्ने हेरिएन छुटयाएको मात्रै थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द