२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेको त्यो रात: ओई म तल भुई मै सुत्छु तिमी बेडमा नै सुत ल ?

२०७३, १३ पुष बुधबार ०८:१५

ऋतु बराल । बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ ।

ह्यया हावा कुरा नगर केटा हो भनेर कारको सिसा लगाए । ता कि साथमा भएकी जीवन संगिनीलाई कुनै असर नपरोस भनेर । मनमा एउटा सोचाई आयो साथीहरुले भनेको । के साच्चै बिहे पछि रुनु पर्छ ? के बिवाह गरेका मानिसहरु असन्तोस छन् ? के संसारका सारा मानिस बिहे पश्चात रुनु नै परेको छ त ? झन दुबैको साथ मिले त संसार जिउन सजिलो हुन्छ भन्ने सुनेको थिए । जीवन सँगै जिउनी भनेर बाचा गरेपछि त दुबैले दुबैलाई स्याकृरीफाई त गर्नु त पर्याे नि ।

त्यसपछि त गुरुजीले कुदाउनु भयो कार । उनी तिर हेरे उनी रोईरहेकी थिईन । उनी रोएको देखेर मलाई नै नरमाईलो लाग्यो । अगी सम्म सबैको अगाडि हासेँकी थिईन । म खुसी छु हजुरहरु नरुनु है रुन हुन्न म सधाको लागि टाढा भएकी त होइन भन्दै आफ्ना आमा बाबुलाई सम्झाएर खुसी हुँदै आएकी दुलई आमा बाबू छोपिनसाथ रुदै थिईन् । उनलाई देखेर मन कापि रहेको थियो । नचिनेको केटा पराईको घर कसरी बानिपर्ला भनेर झन भकानिएर रोएकि होलिन् । म बिस्तारै उनको छेउ सरे, उनको हात समाए र भने नरौन यार मलाई पनि रुन आईस्कयो यसरी रुनु हुदैँन मैले बेच्नै लानलाग्या त होईन नि…. ! अगी आमा बाबुलाई सम्झाएको गरि आफ्नो मन बुझाउ न । के गर्छाे त संसारको लिलै यस्तो हो तिम्रो आमा पनि बाबा सगँ यसरी नै आउनुभएको त हो नि भन्दै उनीभन्दा पर सरे ।

गर्दा गर्दा घर आईपुग्यो आमा आएर आएर कार बाट उनको हात समाउन थाल्नु भयो म पनि उनको पछि पछि हिडे । दिद र सानी बहिनी आएर एउटाले पानी र अर्काेले दियो लिएर हामीलाई घुम्न थाले । त्यसै गरि अर्काे पट्टि आयो छोरा बुहारी लिएर मैले छोरो पाएकी थिए र भन्दै रत्यौली घन्कीदै थियो । सबैको दुलई हेर्ने घुईचो थियो । बाहुबाजे देखिबाट चलेको रितिरिवाज रे बेहुलीले आफ्नता जनलाई ढोग गरेर साडी दिनुपर्ने रे । यो चलन मलाई कति मन परेन । मन परेन भनेर नि म के गर्न सक्थे बाबू आमा मान्दैन चलेको रितिरिवाज हो त्यैले भनेर हुन्छ भन्छन् । मन मनमा सोच आयो गरिब दुखीलाई त छोरी पाए नि गार्हाे रहेछ छोरी पनि दिनु छ दाईजो नभई हुन्न भन्छन कति मानिस त जन्तीलाई सेवा पनि गर्ने पर्याे । कस्को बिहेमा कति दक्षिणा दिए भन्नेहरु पनि हुन्छन् । न त त्यो साडी दिएर कसैले लाउने हुन उल्टै कुरा गर्छन फलनाको बिहेमा त्यस्तो साडी दिएका बिचरा दिने मान्छेले पनि के गरून् , कति दिउन त ।

म उनलाई हेरिराको थिए कति थाकेकी होलिन् खुट्टा पनि ढोग्या ढोग्यै छन । कसैले भयो पर्दैन भनेन सबले खुट्टा नै अगि सारेका छन । माया लागेर मैले भनिहाले खुट्टा नढोगे हु्न्न त्यतीकैमा एकजनाको आवाज आयो आज त ढोग्न पर्छ । बल्तल ढोग्ने र सारी बाड्ने काम पनि सकियो । उनलाई टाईम लाग्ला भनेर म कोठामा गएर छिटो छिटो लुगा फेरे र उनलाई लुगा चेन्ज गर्न भनेर कोठा देखाईदिए । दिदी उनी सँगै भित्र पस्नु भयो सायद उनलाई हेल्प गर्ने होला । कपडा चेन्ज गरेपछि दिदीले मलाई बोलाउनु भयो आजको दिन बुहारीको साथमै बसिराख भित्रै बसे हुन्छ हेर्न आउने भित्रै आउछन् भन्दै दिदी बाहिर निस्कनु भयो । मान्छेहरुको आवतजवात चलेकै थियो । मलाई भने मान्छेहरु कति बेला जालान जस्तो भई रह्यो ।

१० बजिसकेको थियो त्यतीकैमा दिदी आउनु भयो बुहारीलाई केही भन्नू छ भन्दै भोलि बिहान छिटो उठ्नु पर्छ, नुहाईधुवाई गर्नु पर्छ, सिन्दुर हालेको सेतो कपडा बिहान उठेर धुनु, अरु भोलि नै भनुला अहिले तिमीहरु सुत । दिदीले सुत भन्दा मेरो मनमा छुट्टै आन्नद आयो । सुत्ने बेला हल्का रोमेन्टिक त हुनै पर्याे भन्ने ठानेर म उसलाई जिस्काए ओई म तल भुई मै सुत्छु तिमी बेडमा नै सुत ल ? उसलाई त लाज लागेछ क्यार मुख तल पारिहालिन ।

उनी भित्ता तिर फर्केर सुतिन् । म एकलै के गर्नु बत्ति अफ गरिदिए अनि छेउ मा पल्टिए । उनी एकमस्त एकोहोरिएर भित्ता तर्फ नै फर्किरहिन् । उनलाई म बोलाउन खोज्थे तर सक्थिन । थोरै थोरै मेरा हातहरु उनको कपाल तिर लगे उनको कपाल मुसारे उनी आन्नद माने झै गरि रहिन । ओई यता फर्कन तर उनी मानिन् । पछि उनी बिस्तारै फर्किन् तर मेरा आखाँ मा हेर्न सकेकी थिईनन् । सोचे एकछिन त लभ मेरिज भएको भए अहिले चुप लागेर बस्नु पर्थेन । केही न केही कुरा निस्किन्थियो जुनेली रात हुन्थ्यो । मैले उनलाई अँगालोमा बाधे निधारमा चुम्बन गरे । मैले अँगालोमा बाध्दा उनले असहज भएजस्तो गरिन् ।

उनी सुक्क सुक्क गरेर रुन पो थालिन् । सायद उनलाई घरको याद आयो होला मैले फेरि अँगालोमा राख्दै भने अब म तिम्रै हुँ । असहज नमान बिस्तारै सबै कुराको बानि बस्ने छ । उनी मलाई हेरेर मुस्कुराइन् । उनले अचानक आफनो हात मेरो निधारमा लगिन् र भन्न थालिन हजुरको निधार कस्तो तातो लौ ज्यान पनि तातो छ ज्वरो आएको जस्तो छ ।

उनी खुब आतिएकी थिईन् उनको त्यो भनाईमा नै पुर्ण रुपले माया भरिएर आएको थियो । मैले उनलाई जर्वजस्ति गर्न चाहिन उनले माया र खुसीले सुमपिएको शरीर पो मेरो लागि हक लाग्यो । जब उनी बहिसकार गर्छिन् त जर्वजस्ती गर्नु त्यो बलात्कार हो । मैले उनको मन दुखाउन चाहिन, तिमी सुत मलाई केही भएको छैन भनेर उनको केश मुसारे, उनी ओके गुडनाईट भनी सुतिन म पनि सुते । लाइट नेपालबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ