२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा साझा बसलाई ‘रुटपरमिट’नदिन मन्त्रालयकै दबाब

२०७३, २३ चैत्र बुधबार ०१:४९

चैत २३, काठमाडौं | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत (रुटपरमिट) पाउन सकेको छैन । यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दासमेत मन्त्रालयले कुनै चासो लिएको छैन। उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाब दिँदै आएको स्रोतको दाबी छ। 

‘मन्त्रालयदेखि नै रुट परमिट नदिन दबाब आउँछ, हाम्रो प्रयासले मात्र केही चल्दैन,’ विभागका एक अधिकारीले भने, ‘सिन्डिकेटलाई मन्त्रालयले नै प्रश्रय दिन्छ अनि कसरी हुन्छ यातायात क्षेत्रमा सुधार ?’

साझा यातायातले भक्तपुरमा बस सञ्चालन गर्न रुट परमिटका लागि विभागमा निवेदन दर्ता गरेको तीन साता बितिसक्यो। साझाले कानुनी प्रक्रिया पुर्‍याएर भक्तपुरमा सेवा विस्तार गर्न खोजे पनि राजनीतिक दल र मन्त्रालयको दबाबमा विभागले अनुमति दिन सकेको छैन। 

‘भक्तपुरवासीको अनुरोधमा बस सेवा विस्तार गर्न खोजेका हौं,’ साझा यातायातका कार्यकारी प्रमुख महेन्द्र पाण्डेले भने, ‘जनताको इच्छाविपरीत कोही चल्छ भने त्यसको छिनोफानो सरकारले गर्छ। हामी त सेवा दिन तयार छौं, जनता लिन आतुर छन्।’ रुट परमिट पाएको भोलिपल्टैदेखि भक्तपुरका विभिन्न रुटमा २० वटा बस गुड्ने उनले बताए। 

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार यातायात व्यवसायीले विभागको अनुमति लिएर जुनसुकै स्थानमा सवारी चलाउन सक्ने प्रावधान छ। तर, स्थानीय व्यवसायीको दादागिरी र मन्त्रालयको दबाबका सामु विभाग अधिकारी मौन छन्। 

नियमावलीमा ‘इजाजतपत्र लिन चाहने सवारीधनी वा व्यवस्थापकले तोकिएको दस्तुरसहित दरखास्त हाले सम्बन्धित कार्यालयले जाँचबुझ गरी ऐनको दफा ८१ बमोजिम अवधिका लागि अनुसूची–३५ अनुसारको ढाँचामा पटके बाटो इजाजतपत्र दिनुपर्ने’ प्रावधान छ। 

साझाले कानुनबमोजिम सार्वजनिक सवारीको बाटो इजाजतपत्र लिन सवारी जाँचपाससमेत गराइसकेको छ। विभागले नै सिन्डिकेटलाई प्रश्रय दिन खोजेको भन्ने भक्तपुरका बासिन्दाको आरोप छ।। भक्तपुर नवदुर्गा मन्दिर टोलका शिवराम वनमालाले विभागले नै ऐनविपरीत सिन्डिकेट लगाएको आरोप लगाए।

‘प्रतिस्पर्धाको युगमा पनि साझालाई चल्न दिन्नौं भन्दैछन्,’ उनले भने, ‘कहाँ गयो कानुनी राज्य ? अनि कसरी पाउँछन् जनताले सेवा ?’ 

यातायात व्यवस्था विभाग सानाठूला सवारी कार्यालय वागमतीका प्रमुख वसन्त अधिकारीले यसबारे ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको बैठकले निर्णय गर्ने बताए। ‘समस्या सुल्झाउन प्रजिअको नेतृत्वमा समिति गठन भइसकेको छ,’ उनले भने, ‘अब चाँडै निर्णय आउँछ होला।’ 

१० दिनभित्र यातायात व्यवसायीलाई नै निर्णय गरेर निष्कर्षमा पुग्न मौका दिइएको समेत जनाउँदै अधिकारीले अन्यथा विभागले एकतर्फी रूपमा निर्णय गर्ने बताए। ललितपुरका प्रजिअ दीपक काफ्लेले रुटपरमिट दिने विषय प्रक्रियामै रहेकाले ढिलाइ भएको दाबी गरे। ‘भक्तपुर प्रशासनसँग छलफल गरेर निर्णय गर्छौं,’ उनले भने, ‘प्रतिस्पर्धात्मक हिसाबले यातायात व्यवसाय सञ्चालन गर्न लगाउनेछौं, सरकारले सिन्डिकेट हटाइसकेको छ।’ 

कमलविनायक बसपार्क हुने गरी पुरानो र नयाँ रुटमा १०/१० वटा बस सञ्चालन गर्ने साझाको योजना छ। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट