वैशाख १७, काठमाडौं । चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १७, काठमाडौं । चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भ"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको ‘बेल्ट एन्ड रोड’ मा अर्थमन्त्री महराले हस्ताक्षर गर्ने

१७ बैशाख २०७४, आईतवार ००:५०

वैशाख १७, काठमाडौं । चीनले यही महिनाको अन्त्यमा आयोजना गर्न लागेको बेल्ट एन्ड रोड शिखर सम्मेलनमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्री बेइजिङ जाने भएका छन् । 

वैशाख ३१ र जेठ १ मा चीनले बेल्ट एन्ड रोड शिखर सम्मेलन आयोजना गर्दैछ । सम्भवतः उपप्रधान तथा अर्थमन्त्री महराले शिखर सम्मेलनकै क्रममा ओबीओर समझदारीमा नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन् । 

उपप्रधानमन्त्री महरा, सञ्चारमन्त्री सुरेन्द्र कार्की र वाणिज्यमन्त्री रोमी गौचन थकाली सम्मेलनमा सहभागी हुने तयारी भइरहेको सरकारी अधिकारीले बताए । मन्त्रिपरिषद्बाट भ्रमण अनुमोदन हुन बाँकी छ । टोलीमा परराष्ट्र र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी रहनेछन् ।

अवधारणाको नेपाल सदस्य बन्ने गरी सम्मेलनका बेला चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो लागिनसकेको परराष्ट्रका अधिकारीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा गरेको भेटमा चीनले अघि बढाएको अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए।

अवधारणामा नेपालको सहभागितासम्बन्धी समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिन चीनसँग कूटनीतिक तहमा कुराकानी भए पनि टुंगिनसकेको अधिकारीहरूले बताए । अवधारणामा नेपाल सदस्य भए नेपाल र चीनबीच सीमापार रेल र सडक सञ्जाल विस्तार, सीमापार विद्युतीय प्रसारण लाइन, सीमापार विशेष आर्थिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा बृहत् सहकार्य हुनेछ ।

अवधारणामा रही भौतिक पूर्वाधार विकास, हवाई, सडक र रेल कनेक्टिभिटी विस्तार, पर्यटन, स्वतन्त्र व्यापार, विकास रणनीतिमा साझेदारीलगायत क्षेत्रमा नेपाल–चीन सहकार्य हुनेछ । नेपालले अवधारणाको सदस्य बन्न चीनसँग सन् २०१४ मै प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। उपप्रधानमन्त्री महराले चीन अध्ययन केन्द्रले हालै गरेको कार्यक्रममा अवधारणामा नेपाल सदस्य बनेर लाभ लिन चाहेको बताएका थिए। सम्मेलनमा भाग लिन भौतिक योजनामन्त्री रमेश लेखक पनि इच्छुक रहेको बताइएको छ । तर उनको भ्रमणबारे टुंगो लागिसकेको छैन ।

चीनले प्रधानमन्त्री दाहाल र चारजना मन्त्रीलाई सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको थियो । प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाव घोषणा भएकाले सम्मेलनमा आफू उपस्थित हुन नसक्ने यसअघि नै चीनलाई अवगत गराइसकेका छन्। चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्री मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ ।

अवधारणा घोषणा भएपछि त्यसमा सहभागी भइसकेका ६५ देश र सहभागी हुन इच्छुक देशलाई निम्त्याएर चीनले शिखर सम्मेलन आयोजना गर्न लागेको हो । चिनियाँ राष्ट्रपतिले उद्घाटन गर्ने दुईदिने सम्मेलनमा एसिया, युरोप र अफ्रिकाका २८ देशका सरकार प्रमुख/राष्ट्र प्रमुख, मन्त्रीस्तरका अधिकारी, वरिष्ठ कूटनीतिज्ञलगायत सहभागी हुनेछन् । एसियाबाट श्रीलंका, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय सहभागिता रहनेछ ।

छिमेकी भारतले अवधारणामा रिजर्भेसन राख्दै सदस्यका रूपमा सहभागी नहुने बताएको छ। चीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मेलनमा सहभागिताका लागि निम्तो दिएको थियो । भारतले पनि कुन तहमा सम्मेलनमा प्रतिनिधित्व जनाउने अझै टुंगो लगाएको छैन ।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट