असार ६, काठमाडौं । परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन ।

दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँको भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो ।

त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दु:ख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन । बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने ।

त्रिविअन्तर्गत एक हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए ।

नेपालमै सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएका व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय हो । ‘डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनत मात्रै गरेँ’, सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर बनायो ।’ -नागरिक दैनिक