साउन ६, बुटवल । अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् । 

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, बुटवल । अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् । 

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई ग"/>

2026-09-19 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम सम्बन्ध भएको आरोपमा निर्घात कुटिए युवायुवती (भिडियो)


साउन ६, बुटवल । अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् । 

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६  डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् । 

विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए । घटनाका बेला २५ जना बढी रमिते बनेर हेरेका थिए । 

घटनामा उक्साउने छिमेकी र स्थानीय मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए । घटनापछि दुवैजना आआफ्नो घरमा छन् ।

प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो । स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । बाल विवाह भएकी मीना गौना नगरेका कारण माइतैमा बसेकी थिइन् ।  उनीहरु पछिल्लो समय नजिकिएका थिए । 

दुईको प्रेम सम्बन्ध रहेको शंकामा मीनाको परिवारले दिनेश घर आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएका थिए । उनलाई कुटपिट गर्न थालेपछि मीना बचाउन गइन् । त्यही बेला परिवारका सदस्यले मीनालाई पनि लछारपछार गरेका थिए । 

यो दर्दनाक भिडियो हेर्नुहोस । 

एक युवाले मौखिक जानाकारी गराएपछि  प्रहरीले कुटपिट गर्ने युवतीका बुवा इन्नरलाई पक्राउ गरेर एक दिन थुनामा राखेको थियो । २० गते मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए ।

रुपन्देहीका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले भने बिगतमा मानसिक रोगको औषधी खाएका अहिर बेहोस हुन लागेपछि प्रहरीले छाडिदिएको बताए । स्थानीय लक्ष्मी यादवले भने आफूहरुले पटक पटक छानबिनमा आग्रह गरेपनि प्रहरीले महिलाको घटना भनेर बेवास्था गरेको बताइन् ।

भिडियो बाहिर आएपछि बल्ल रुपन्देही प्रहरीले घटनामा चासो दिएको छ । ‘उतिबेला युवकको बारेमा कुरै आएन । युवतीलाई आफ्नै बाबुले कुटेको उजुरी मात्रै आयो । 

त्यति ठूलो लागेन’ प्रहरी नायव उपरीक्षक पाण्डेले भने ‘अहिले बल्ल अमानवीय घटना र युवक समेत कुटिएको बारेमा थाहा भयो । अब तत्काल पीडकलाई पक्राउ गरी जिल्लाबाटै घटना अनुसन्धान हुनेछ ।’ -कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई