2026-09-19 11:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

माओवादी केन्द्रले छान्यो प्रदेश र प्रतिनिधि सभा उम्मेदवार

असोज ६, बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। गएको तीनदेखि बसेको जिल्ला कमिटिको बैठकले बिहीबार उम्मेद्वारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ पूर्वसभासद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ पूर्वसभासद एवं माओवादी पोलिटब्यूरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य ) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। प्रदेश सभाका लागि समानुपातिक तर्फ जिल्ला कमिटि सदस्य भुवनचन्द्र विश्वकर्मा(शान)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारको टुंगो लगाएसंगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णय समेत गरेको छ।

यस्तै जिल्लामा अन्य दलहरुले पनि चुनाव केन्द्रित आन्तरीक छलफललाई तीव्रता दिएका छन्। नेपाली कांग्रेसले यही असोज १० गतेभित्र उम्मेदवारका बिषयमा राय सुझाव पेश गर्न गाउँ र नगर समितिलाई निर्देशन दिएको जिल्ला सचिव बीरबहादुर बिष्टले जानकारी दिए। यही असोज १६ गते बस्ने जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गर्ने उनले बताए।

नेकपा एमालेले पनि उम्मेदवार छनौटका लागि तयारी गरिरहेको कार्यालय सचिव सरस्वती नेपालीले बताइन्। उनले भनिन् ‘पार्टीको जिल्ला कमिटि सचिवालयको बैठक बसेर संगठन विस्तार र आगामी निर्वाचनमा कसरी जाने भन्ने बिषयमा छलफल गरेको छ। उम्मेदवार छनौटका बिषयमा यही असोज १९ गते बस्ने जिल्ला कमिटिको बैठकमा छलफल हुन्छ।’

यसै राष्ट्रिय प्रजातन्त्र पार्टीको केही दिन अघि बसेको जिल्ला कार्यसमितिको बैठकमा आगामी निर्वाचनका बारेमा छलफल गरेको पार्टी अध्यक्ष प्रेमबहादुर चन्दले बताए । अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह