२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा

२०७४, २१ आश्विन शनिबार ०३:२१

असोज २१, काठमाडौं । मदिरा बेच्न रोक लगाएको भन्दै बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन् । 

गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निषेध गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर गरेका हुन् ।

जनप्रतिनिधिविरुद्ध व्यवसायीहरूले मुद्दा दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् । ‘हामीले मदिरा व्यवसायीसँगको छलफलपछि पहिलो बैठकबाटै गाउँपालिकाभित्र मदिरा बेचबिखन रोक्ने निर्णय गरेका थियौं, तर उहाँहरूले यो निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएछ,’ उनले भनिन् ।

जिल्ला अदालतबाट फोनमार्फत मदिरा व्यवसायीले मुद्दा दायर गरेको जानकारी पाएको उनको भनाइ छ ।

गाउँपालिकाभित्रका ८६ जना मदिरा व्यापारीको आन्तरिक बैठकले जनप्रतिनिधिविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले उच्च अदालत महेन्द्रनगरमा गाउँपालिकाको निर्णयले व्यवसायमा असर परेको भन्दै मुद्दा दायर गरेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

‘एउटै लाइसेन्स लिएर चार वटासम्म मदिरा पसल खोलेका छन्, बालबालिकाहरूलाई मदिरा नबेच्नुस् भन्दा पनि बेच्ने गर्छन्,’ उनले भने, ‘महिला हिंसा बढेको, विद्यार्थीको अध्ययनमा असर परेकोलगायतका कारण हामीले अभियान चाल्दा उल्टै मुद्दा हालेछन् ।’ -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ