२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को राजधानी भक्तपुर !

२०७४, ९ मंसिर शनिबार ०१:३९

मङ्सिर ९, भक्तपुर । भक्तपुर २ प्रदेश सभा (क) सदस्यका सबैजसो उम्मेदवारले प्रदेश ३ को मुख्यालय भक्तपुरलाई बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश ३ मा रहेका १३ वटा जिल्लाको केन्द्र भक्तपुरमा पर्ने भएकाले यस्तो माग गरिएको दाबी गरिएका छ । ‘सबैको यो साझा कार्यसूची हो’ उम्मेदवारहरूको समान प्रतिबद्धता थियो । उम्मेदवारहरूले मतदातासामु मत माग्ने क्रममा पनि आफू निर्वाचित भएपछि प्रदेश मुख्यालय अर्थात् राजधानी भक्तपुरमा बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै आउनुभएको छ ।

प्रदेश ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौंँ १३ वटा जिल्ला रहेका छन् । पूर्वमा सिन्धुली र पश्चिममा नुवाकोटका साथै चितवनदेखि रसुवासम्मको केन्द्र पनि भक्तपुर नै पर्ने भएकाले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने तर्कसमेत प्रमुख पार्टीका प्रदेश सभाका उम्मेदवारहरूको छ ।

नेपाली काँग्रेस भक्तपुर २ निर्वाचन क्षेत्र प्रदेश सभा (क) का उम्मेदवार अङ्गद खड्काले भक्तपुरमा प्रशस्तै सार्वजनिक जमिन र खुल्ला क्षेत्र भएकाले भक्तपुरमा प्रदेशको राजधानी बनाउनु उपयुक्त हुने बताउनुभयो । उहाँले भक्तपुरलाई धार्मिक पर्यटकीय स्थल र सांस्कृतिक सहरका रूपमा विकास गर्नका लागि पनि आफूले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । भक्तपुरको उर्वर जमिनमा प्राङ्गारिक खेतीको योजना र भक्तपुरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागि प्रदेशसभामा आफूले भूमिका खेल्ने खड्काको योजना छ ।

वाम गठबन्धन (नेकपा एमाले) भक्तपुर २ का प्रदेश सभा (क) का उम्मेदवार शशीजङ्ग थापाले आफू प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि प्रदेशको राजधानी भक्तपुरमा राख्ने आफ्नो निर्वाचनको प्रमुख एजेन्डा नै भएको बताउनुभयो ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको ९९ रोपनी जमिन वा जगातीस्थित हाल भक्तपुर इँटा टायल कारखाना भएको करिब दुई सय रोपनी जमिन वा सानो थिमीस्थित शिक्षा विभागमा रहेको क्षेत्रमध्ये कुनै एक स्थानमा प्रदेश राजधानी बनाउन उपयुक्त स्थान भएको दाबी थापाको छ ।

उहाँले भक्तपु बाहिरी चक्रपथ, सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यन र मेलम्ची खानेपानीको आयोजनालाई पहिलो चरणमा नै भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माण गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ललितपुरको बालकुमारीदेखि भक्तपुरको लाकुरी भञ्ज्याङ्सम्म चार लेनको सडक निर्माण गर्ने र दायाँ बायाँ सोलार बत्ति जडान गरी उज्यालो सडक निर्माण गर्ने योजना आफ्नो रहेको थापाले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी भक्तपुर निर्वाचन २ प्रदेश सभा (क) का उम्मेदवार सरोजराज गोसाँइले भक्तपुर खुल्ला र शान्त स्थान भएकाले भक्तपुरमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्नका लागि आफू निर्वाचित भएपछिपहल गर्ने बताउनुभयो ।

गोसाइँले संविधानको अनुसूची ६ मा उल्लेखित प्रदेश सभाका एकल अधिकारका सूचीलाई कर्यान्वयन गराउन लागिपर्ने स्पष्ट गर्नुभयो । प्रदेश सभा स्तरीय विश्वविद्यालय, स्वास्थ्य र आधुनिक पुस्तकालय निर्माण गर्न आफूले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको उहाँले स्पष्ट गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुर २ को प्रदेश सभा (क) मा विवेकशील साझा पार्टीका रमेश राई, नयाँ शक्ति पार्टीका मकुन्द पोखरेल, राप्रपाका डोलबाहादुर कार्की, एकीकृत राष्ट्रिय जनता पार्टीका दुर्गा खत्री र स्वतन्त्र गरी जम्मा १२ जनाले प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ