२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानीको चर्चासँगै जग्गाको भाउ यसरी आकासियो

१६ पुष २०७४, आईतवार ०३:३९

पुस १६, काठमाडौं । देश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्यधिक बढ्न थालेको पाइएको छ। 

यो खबर प्रशान्त वलीले आजको नेपाल समाचार पत्रमा लेखेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेको छ।

मुस्किलले २ देखि ३ लाख रुपियाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपियाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका–७ का राकेश बस्नेतले बताए। 

यस्तै ३ लाख रुपियाँ मिटर पर्ने जग्गा अहिले प्रतिमिटर ५ देखि ६ लाख रुपियाँमा कारोबार भइरहेको सुर्खेतका व्यवसायी रामचन्द्र शाहीले बताए। जनकपुर–२३ का अहमद हुस्सेनले ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानीको चर्चा भएसँगै बढेर ४० लाख रुपियाँ पुगेको जानकारी दिए।

सुनसरीमा केहीअघि ७० लाख रुपियाँसम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोड रुपियाँसम्म पुगेको स्थानीय भोजराज निरौलाले बताए। धनगढीमा पनि जग्गाको कारोबारमा विगतको भन्दा वृद्धि भएको छ। 

काठमाडौं केन्द्रीय राजधानी भएकाले पनि जग्गा कारोबारमा खासै प्रभाव परेको छैन।

पोखरामा भने जग्गाको भाउ अहिलेसम्म यथास्थितिमै छ। पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा जग्गा खण्डीकरण गर्न रोक लगाएकाले जग्गाको कारोबार नभएको हो।

प्रदेश राजधानीको चर्चासँगै खेतीयोग्य जमिन खण्डीकरण हुने क्रम तीव्ररूपमा बढ्न थालेको छ। विकास विस्तारका नाममा जग्गाधनीहरूले खेतीयोग्य जमिनमा सडक सञ्जाल बढाउन थालेपछि जमिन टुक्राटुक्रा हुन थालेको हो। 

देशभर करिब १ लाख हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रूपमा परिणत गरिएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए।

सरकार गम्भीर नबन्दा र अहिलेसम्म भू–उपयोग ऐन नआउँदा खेतीयोग्य जमिन विस्तारै मासिँदै गएको सरोकारवाला बताउँछन्। खेतीयोग्य जमिनलाई घडेरीका रूपमा प्लटिङ गरी किनबेच गरिँदा कृषि उत्पादनमा समेत कमी आउन थालेको उपभोक्ता अधिकारीकर्मी दर्शन आचार्यले बताए।

भएका जग्गालाई उत्पादनशील बनाउने नीति भए पनि सो नीतिले मात्रै नपुगेकाले भू–उपयोग ऐन बन्ने क्रम अन्तिम चरणमा पुगेको जानकारी दिँदै सह–प्रवक्ता सापकोटाले थपे– ‘ऐनले प्लटिङ रोक्ने काम गर्छ। कृषियोग्य जमिन गैरकृषि प्रयोजनका रूपमा प्रयोग गर्न पाइँदैन। सो ऐन आएपछि समस्या समाधान हुन सक्छ।’

कृषि प्रधान देश भनिए पनि खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा उत्पादनमा ह्रास आउन थालेको हो। १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको कुल खेतीयोग्य जमिन ४० लाख हेक्टर क्षेत्रफल मात्र रहेको कृषि विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक