2026-11-01 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल: विश्वव्यापी खुला प्रतिस्पर्धा

फागुन १०, काठमाडौँ | लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रो रेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । 

लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले विश्वव्यापी रूपमा खुला प्रतिस्पर्धामार्फत सम्भाव्यता अध्ययन अघि बढाएर निर्माण गर्ने उद्देश्यसहित टेण्डर डकुमेन्ट तयार गरी प्रक्रिया अघि बढाएको हो । 

प्रस्तावअनुसार नौबिसे, नागढुंगादेखि कलंकी– माइतीघर–कोटेश्वर हुँदै धुलिखेलसम्म पुग्नेछ । निर्माण सम्पन्न भएपछि दैनिक २ लाख यात्रुलाई सेवा दिन सकिने मेट्रोरेलको लागत प्रतिकिलोमिटर ५ देखि ६ अर्ब अनुमान गरिएको छ । मेट्रो रेल बनाउन सकेमा यात्रुहरूलाई सहज हुनुका साथै वातावरणमैत्री मेट्रो रेलले यातायात व्यवस्थापनलाई सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरेको छ । 

सडकमाथिको पुल (एलिभेटेड ट्रयाक) मा निर्माण हुने मेट्रोरेल बनेपछि अन्य सवारीसाधन उपत्यका छिर्न नदिने लक्ष्य राखिएको छ । धुलिखेल क्षेत्रमा ठूला बसपार्क बनाएर अरनिको तथा वीपी राजमार्गमार्फत आउने सबै बस यसै क्षेत्र तथा महेन्द्रलगायत अन्य राजमार्गमार्फत् आउने बसहरूको लागि नौबिसे क्षेत्रमा ठूलो बसपार्क बनाएर त्यही रोकि ट्रेनमार्फत काठमाडौं भित्र्याउने लक्ष्य राखिएको छ । – खबर कारोबार दैनिकले प्रमुखताको साथ  छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द