पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौँ | गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ ।

त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । तर त्यहाँका कार्यकर्ताले मानेनन् ।

अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन महासचिव विष्णु पौडेल लागि परेका छन् ।

पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । रोकायले यसको पुष्टि गरेका छन् ।

उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए ।

वामदेवजीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु, उनले भने, ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु ।, – आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।