Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

यस्तो फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदैन !

By साझासवाल

कात्तिक २६, रौतहट | कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत ।

चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।

कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ ।

गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् ।

फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मन सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताए ।

संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी छ ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ ।