Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा, श्रीमतीलाई भिडियो देखाउदै ४ जनाद्वारा बलात्कार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २, वीरगन्ज — टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे ।

वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे ।

पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन् ।

मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन् ।

कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनो साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

- आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।