2026-08-29 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट विदेश गएका २३ जना युवा विदेशमै बेपत्ता

पुष १८, धादिङ | कमाइ गर्ने सुन्दर सपना बोकेर विभिन्न समयमा धादिङबाट विदेश गएका २३ जना युवाहरू विदेशी भूमिमै बेपत्ता भएका छन् ।

विदेश गएका युवाहरू २ देखि १६ वर्षभन्दा बढी वर्षदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् । घरसल्लाह गररे विदेश गएकाहरू वर्षौंदेखि बेपत्ता भएपछि परिवारमा चिन्ता थपिएको छ । वृद्ध बाबुआमाको सहारा गुमेको छ भने बालबच्चाले अभिभावक गुमाएका छन् । सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् । १२ जना मलेसियामा, ४ कुवेतमा, २–२ जना साउदी अरब सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएका छन् । 

धादिङको उत्तरी क्षेत्रका साविकका पाँच गाविसबाट बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाकोट, तसर्पु, सल्यानटारलगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएका छन् ।

परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरका छन्  । जिल्ला प्रशासन कार्यालयनजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा आप्रवासी सूचना केन्द्र सञ्चालनमा रहेको छ ।

– यो समाचार आजको कान्तिपुर दैनिकमा छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ