Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्दयी डाक्टर : जसले घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १७, वीरगन्ज | नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन ।’

सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची डाक्टर खोजेर बिहे गरिदिएको सुनाए । ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’, उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्‍यो ।’ बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको हत्या गरेको उनले उल्लेख गरे । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनीतादेवीको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको थियो ।

- यो समाचार क्रान्ति शाहले अन्नपूर्णमा लेखेकी छन् ।