२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बझाङको खप्तडछान्ना गाउँपालिकामा रोपाइँ खेतमै डोजर

२० असार २०७६, शुक्रबार ०६:३९

असार २०, बझाङ |  बझाङको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको बेला  खेतालाहरु रोपाई गरिरहेका थिए | 

दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो। ‘कुलो भाँचिए’पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो। ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ।’

डोजरले सिँचाइ कुलो , २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’स्थानीयले बताए |‘एक्कासि विध्वंस देख्दा मेरो होसहवासउड्यो, रिंगटा लागेजस्तो भयो, म त त्यहीँ थचक्क बसें,’उनले भने। डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ। भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ। रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।

दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए। ‘एक/डेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए। गाउँ नै आतंकित भएको छ।’

जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए। डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए। ‘आउरु–बाउरु (पर्मा/खेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए। धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ। धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ।’

लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’तर्क गरे। ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं। असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो।’उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे। ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं। ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’उनले भने।

साढे आठ किमि लामो उक्त सडक निर्माण क्रममा खप्तड छान्ना गाउँपालिकाको धानखोला, जागासैन, धन्नासी, धोडाखेत, कोटेखोलादेखि हलसारे, खोडी खेल्नालगायत ठाउँका सिँचाइ कुलोमा क्षति पुगेका कारण ती सबै क्षेत्रको रोपाइँ प्रभावित भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव थापाले बताए। उनका अनुसार साविक कालुखेती गाविसका विभिन्न ठाउँमा बनेका सिँचाइका शाखा लाइनहरूमा पनि सडकले क्षति पुर्‍याएको छ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला